पदाधिकारी

प्रमुख

पढ्नुहोस..

डिल्लीराम दुलाल graphic

डिल्लीराम दुलाल

उपप्रमुख

पढ्नुहोस..

अनिल तिखत्री graphic

अनिल तिखत्री

नि. जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

पाँचथर नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत मेची अञ्चलको मध्य पहाडी जिल्ला हो । यो जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । विकट तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै बढि रहेको छ । यो जिल्ला पल्लो किरातको नामले पनि प्रसिद्ध छ । महत्वपूर्ण विषयहरूमा निर्णय लिनुपर्दा प्राचीन समयका विभिन्न लिम्बुवान थुमका राजाहरू संयुक्त रूपमा आम्मे पोजोमा भन्ने तीर्थ स्थलमा जम्मा भई चुम्लुङ्ग (सभा) गरी निर्णय लिने परम्परा भएको किमवदन्ती छ । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ । पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरू को अर्थ कुरामा सहमति मिलेको (Agreed), र थुमको अर्थ ईलाका वा किल्ला (District) हो । यसै अर्थका आधारमा, नेपाल एकीकरण पश्चात् यहाँ चली आएका धर्म/संस्कृति र रीतिरिवाजका वारेमा फेदेनमा चुम्लुङ्ग सभा बसी तयार गरेका निर्णय तत्कालीन नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाई स्वीकृति दिए पछि लिम्बुवान क्षेत्रको रीतिरिवाज सम्बन्धी कुरा मिलेको (पान्थररू) हुँदा यस क्षेत्र कै नाम पान्थर रहेको हो भन्ने मत रहेकाे छ । किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको ऐतिहासिक वर्णनमा नै “पान्थर” शब्द प्रयोग भएको पाइन्छ । संघीय प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप पाँचथर जिल्लालाई ८ स्थानीय तहमा (१ नगरपालिका र ७ गाँउपालिका) १ वटा संघीय निर्वाचन क्षेत्र र २ वटा प्रदेश निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । वि.स. २०६८ काे जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या १९१,८१७ छ । यस जिल्लामा लिम्वू, राई, मगर, गुरुङ, सुनुवार माझी, भुजेल र तामाङ, जस्ता जाती जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । यो जिल्ला विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जात जाती र भाषा भाषीको संगम स्थल पनि हो । पाँचथर जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थलहरू पनि छन् । भौगोलिक बनावट, हावापानी, वन जङ्गल, नदी नाला र पाेखरी तथा विभिन्न जनजातिहरूको रहनसहन, भेष भूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।
थप पढ्नुहोस्

बिल सार्वजनिकिकरण

Skip to toolbar